Thursday, March 10, 2022

दैनिकीः २०७८ जेष्ठ १ गते, शनीवार, इटहरी


प्रिय आकास,

हाम्राे जीवनकाे दैनिकी अवरूद्ध भएकाे छ। जीवनयापनकाे स्वाभाविक गतिमा अल्पविराम लागेकाेछ । जताततै काेराेना छ। काेराेनाले निम्त्याएकाे त्रासदी छ । आशाहरू मुर्झाएका छन अनि निराशाका गाँजहरू माैलाएका छन। कुनै साहस छैन, तेज छैन, र छैन कुनै उत्साह ।  छ त केवल डर र निराशा। अनिश्चय र आशंका। गतिहिन भएकाेछ जीवन । शहरमा सबै चिज बन्द छन। बजार, सडक, बिद्यालय अनि कलेजहरू, निजि तथा सरकारी कार्यालयहरू, हाेटल तथा लजहरू, पार्क अनि मनाेरंजनस्थलहरू। सबैतिर सन्नाटा छाएकाेछ।  खुला छन त केवल अस्पतालहरू जहाँ मृत्यु सुसाइरहन्छ हरपल। सास फेर्न कठिन भएर थलिएका मानिसहरूकाे घुइचाें छ रे त्यहाँ। लासहरू ढलेका छन रे जताततै, सिंढीमा, पिढींमा । डाक्टर र नर्सहरू छाेपिएकाछन सर्वाङ्ग,  पिपिइ, माक्स अनि ग्लाेवले। न आराम भन्न पाएका छन, न परिवार भन्न पाएका छन। दिन रात निरन्तर बिरामीकाे सेवामा खटिदा खटिदा तिनीहरू आफै संक्रमित भएका छन, वा थकान अनि हतासमा आफै निरिह भएका छन। दिनदिनै परिश्रम गरेर बाँच्ने र परिवारकाे गुजारा गर्नुपर्ने मजदुरहरूकाे अवस्था दुरूह छ। नत घरमा अन्न छ, न त बाहिर काम छ। न त सरकार छ। छन त केवल आहत मनहरू, अशान्त जीवनहरू । बाहिर सुनसान अनि भित्र भयानक तुफानमा रूमलिएका छन मनहरू ।

म घर मै छु, आफैले आफैलाइ कैदी बनाएर मेराे मानविय जिम्मेवारि पुरा गरिरहेछु । परिवारसँगै छु त्यसकारण आत्तिएकाे छैन। तर समाचारहरूले दुखी बनाउछ। प्रियजनहरूका मृत्युका खवरले मन अत्याउछ। सामाजिक सञ्जालका भित्ताहरूमा पाेखिएका समवेदना र श्रद्धान्जलीका पाेष्टहरूले मन बिचलित बनाउछ। तर जीवन हाम्राे हातमा छैन। नियतिले अरू के के भाेग्न बाध्य बनाउने हाे थाहा छैन। जीवनका कठाेरताहरूले निरिह बनेका हामी केवल रमिते भएका छाै । किंकर्तब्यबिमुढ। 


बाटा पर्तिर एकतमासले कुकुरहरू भुकिरहेका छन । ठुलै कल्याङमल्याङ छ त्यता। शायद मानिसहरूकाे अनुपस्थितिमा कुकुरहरूकाे रासलिला चलिरहेकाे छ। हुन त तिनलाइ पनि गाराे छ। बजार गुल्जार हुँदा, हाेटल र चिया पसलहरू खुल्लै हुँदा जुठाेपुराे खान पाउथे आरामले। तर तिनकाे जुठाे खाने अधिकार पनि कटाैती भएकाेछ आजकल। कतै भाेकले पाे बिद्राेह गरिरहेका हुन कि ।  पल्लाे घरकाे छतमा एउटा एक्ले ढुकुर  कुर्लीरहेछ एकाेहाेराे ढुकुरकुर ढुकुरकुर । पाेथीकाे आशमा हाेला शायद। एकहुल भंगेराहरू हुर्रिएर आउछन र उसरी नै बेपत्ता हुन्छन। बिजुलीकाे पाेलमाथि फिस्टाहरूकाे प्रेमलिला रहरलाग्दाे छ।  जुरेली अनि रूपीहरू घर अगाडिकाे बिजुलीकाे तारमा झुत्ती खेलिरहेछन। चिवे चराे बाँकटे मार्दै हावामा कावा खादैछ । माथि उचाइमा फाट्टफुट्ट उडिरहेछन चिलहरू । तिनीहरू भन्दा माथि बादलका एकाध टुक्राहरू तैरिरहेछन यता उता। तिनकाे सहज चंचलतामा म आफै भित्रकाे खुसी गाँसिएकाे पाउछु । तर मलाइ तिनिहरू भन्दा पनि पर पुग्न मन लाग्छ । आकासकाे गहिराइमा। जहाँ ज्याेतिपुञ्जकाे अपरिमेय आयतन छ। उज्यालाेकाे अपरिमित फैलावट छ। 


म झ्यालमा बसेर, ति चराहरू भन्दा पर, बादलहरू भन्दा पनि पर,  तिमिलाइ हेरिरहेछु।  तिम्राे बिहंगम फैलावटमा एकटक हेरिरहदा अथाह शान्तिकाे अनुभुति हुन्छ मलाइ । तिम्राे निलाे बिराट खालिपनमा गहिराे आनन्द महसुस गर्छु म।   तिम्राे असिमित आयतनमा मेरा बिचारहरूले अर्थ भेटे झै लाग्छ। भ्रम हाे कि यथार्थ हाे थाहा छैन। तर त्यहाँ तिम्राे सामिप्यतामा म जीवनकाे पुर्णताः गासिएकाे पाउछु। साँझ पर्न लागेकाे छ। टाढा क्षितिजमा राता अनि सुन्तले रंगहरू मिसिएर एउटा काेलाज बनेकाे छ। घाम डाडा पर्तिर अेारालाे लाग्दै छ। घामकाे तेज बिस्तारै सेलाउदै गएकाे छ । केहि बेरमा त्याे भर्भराउदाे पहेलाें घाम बिस्तारै राताे सिम्रिक जस्ताे रंगमा बदलिनेछ। अहिले त सुन्तले रंगकाे जादु छरिएकाे छ त्यहाँ।  त्याे  सुन्तले रंगमा घाेलिएकाे क्षितिज अतिनै मनमाेहक छ । चित्ताकर्षक छ। अनि त्याे रंगकाे पृष्ठमा डुवेकाे पहाड, एउटा सुन्दर चित्रकला जस्ताे प्रतित हुन्छ। म मनमनै उद्वेलित  छु । चंचल छु । म लाेलाएकाे छु तिमिलाइ हेरेर। तिम्राे रंगमा भुलेर। सबै बिर्सेकाे छु, दुखः,डर, अनि बिभिषिकाकाहरू।  अस्ताञ्चलमा घनिभुत हुदै गएकाे तिम्राे काेलाजमा मृत्युका काेलाहलहरू बिस्मृत भएकाे पाउछु म। शायद तिमी अनन्त छाै, इन्फिनिट। त्याे तिम्राे अविनासी अभिभाज्य अनि कालजयी क्यानभासमा मेराे सुष्क अनि भयभित आत्माकाे पुनर्जिवन सम्भव छ? शायद यसकाे उत्तर पनि मै सँग छ। पुनर्जिवन सम्भव हुदैन थियाे भने म मृत्युकाे बिचमा कसरी हाँस्न सक्थे? त्यसकारण म प्रत्येक पल अस्ताञ्चलकाे पर्खाइमा हुन्छु। भाेलीकाे पर्खाइमा। बिहानीकाे पर्खाइमा। उल्यालाेकाे पर्खाइमा। 



Friday, August 27, 2021

                                                             अलबिदा जेबी दाइ


२०७८ साल भाद्र महिनाकाे १० गते। दिनकाे अपरान्हमा दर्के झरी परिरहेकाे थियाे। एकछिनमा झरी थामियाे तर आकास खुलेन। म कामबाट फर्किएर घर आइपुग्दा माैसम कालाेमैलाे भैरहेकाे थियाे फेरी पानी दर्केला जस्ताे। बिहानै देखि अलिक ब्यस्त भएका कारण समाचारहरूमा अपडेट हुन पाएकाे थिइन। अपरान्ह सामाजिक सञ्जाल खाेल्दा एउटा नमिठाे खवरले मनमुटु चसक्क घाेच्याेः जनगायक जेबी टुहुरे हामी बिच रहनु भएन।  श्रद्धान्जलीका शब्दहरूले सामाजिक सञ्जालका भित्ताहरू छपक्कै ढाकेका रहेछन्। हुन त जेबी दाई बिरामी भएर अस्पतालमा उपचाररत हुनुहुन्छ भन्ने खवर अगाडि देखि नै जानकारी भैरहेकाे थियाे। तर दाइले यति चाडै छाेडेर जानुहाेला भन्ने पटक्कै लागेकाे थिएन। जेबी दाइ ब्रम्हलिन हुनु भएकाे दुखदः खवरले वहाँसंग प्रत्यक्ष र पराेक्षरूपमा जाेडिएका स्मृतिहरू बल्झिएर आए। वहाँले गाएका जनबादी गीतहरू मेराे मानसपटलमा टड्काराे रूपमा गुन्जिन थाले। मान्छे अमर हुने उसकाे कर्मले न हाे। काया त अस्थायी छ। साेचे दाइकाे संझनामा केही लेंखु। परिणामस्वरूप याे आलेख जन्मन पुग्याे। 


जनबादी गीत र जेबी टुहुरे

जेबी टुहुरेलाई हामी जनबादी गायककाे रूपमा चिन्दछाै। जनवादी अर्थात जनताका दुखः सुखका गीत गाउने, समाजमा आम मानिसहरू बिच अन्याय, अत्याचार र शाेषणका बिरूद्ध जागरण फैल्याउने । जेबी दाइ गीतका माध्यमबाट जनताका मनमा बिद्राेह राेप्नु हुन्थ्याे। समाजमा ब्याप्त कुरिति, असमानता र बिभेदका बिरूद्ध स्वर उराल्नु हुन्थ्याे। यि ति दिनका कुरा थिए जतिबेला देशमा पंचायति ब्यवस्थाकाे रजगज थियाे। राजाकाे हुकुमी शासन थियाे। समाजमा जाली, फटाहा, शाेषक, सामन्त र जमिन्दारहरूकाे दबदबा थियाे। आम मान्छेहरू, किसान अनि मजदुरहरू, गरिब अनि श्रमजिबीहरू आवाजबिहिन थिए, निमुखा थिए। तिनका दुख, बेदना र सास्ती प्रति राज्यकाे कति पनि सहानुभुति  थिएन। राज्य त शासक र सामन्त अनि मुखियाहरूकाे थियाे, गरिब किसान र मजदुर श्रमजिबिहरूकाे थिएन। यस्ताे अवस्थामा जनगायक जेबी टुहुरे ति आबाजबिहिनका आबाज बनेर गुन्जिन्थे झुपडीहरूमा। दुखी र शाेषितहरूकाे आशाकाे दियाे बनेर चम्कन्थे खेत अनि खलियानहरूमा। उनि जनजिबिकाका लागि आवाज बुलन्द गर्थे। समानताका निम्ति कुर्लन्थे र शाेषण र बिभेदरहित समाजका निम्ति निरन्तर गुन्जिइरहन्थे  आफ्नाे काेकिल स्वरमा शब्द र संगीतकाे लालित्य भरेर। 

आँधी खाेलैले मलाई राेइरहने बनायाे साहुकाे जालैले

                राताे भाले धुरीमा करायाे गरिबकाे निसाफै हरायाे

                के फुल फुलायाे लहै सामन्ति जालैले देशै डुवायाे

                रिवन कपालमा लहै नयाँ दिन ल्याउनु छ हाम्राे नेपालमा 


यसरी सामन्ती ब्यबस्थाकाे जालाेमा जेलिएर निरिह जीवन जीउन बाध्य भुईमान्छेहरूकाे कथा बाेल्ने टुहुरे ति भुईमान्छेहरूलाइ आफ्नाे अधिकारकाे लागि लड्न र न्याय र प्रजातन्त्रका लागि अगाडि बढ्न उत्प्रेरित गरिरहन्थे। 

समाजमा नारीहरूकाे अवस्था दयनिय थियाे। नारीहरू दाेस्राे दर्जाकाे जीवन जीउन बाध्य थिए। पुरातन धर्म र परम्पराकाे नाममा नारीहरू माथि बिभेदकाे पहाड थाेपरिएकाे थियाे। जेबी दाइ बुझ्दथे आधा आकास थाम्ने नारीहरू जागृत नभइकन, नारीहरू अगाडि नबढीकन समानता र न्यायकाे याे यात्रा कसैगरि गन्तब्यमा पुग्न सक्दैन । तसर्थ उनि आफ्नाे तिखाे स्वरमा आबाज बुलन्द गर्थेः 

आफ्नै पाैरख खान्छन, आफ्नै सिपमा बाँच्छन 

दुख कष्ट सहेर श्रृष्टि यिनले थाम्छन 

असल महान ब्यक्तिहरू यिनैले जन्माउछन 

ज्ञान, गुन बुद्धिहरू यिनैले सिकाउछन 

तर पनि अंधेराेमा जीवन बिताउछन 

आमा, दिदि, बैनी हाे कति बस्छाै दासी भै 

सुखकाे सधै प्यासी बनेर 


यसरी उनका आबाजहरू अझ प्रखर र बुलन्द हुदै गए । तिनताक राजनितिक दलहरू प्रतिवन्धित थिए। न्याय र समानताका कुरा गर्ने, संगठन गर्ने र जनतालाइ जागृत गर्ने जाे सुकै पनि राज्यकाे नजरमा अपराधी हुन्थ्याे। तर तिनीहरूले भुमिगतरूपमा फैलाउने बिचारहरूले समाजमा हलचल पैदा गर्थ्याे। गरिब किसान र शाेषित मानिसहरूकाे मनका आशाकाे दियाे जलाउथ्याे भने शासकहरूकाे मुटुमा ढ्याङ्ग्राे बजाउथ्याे । अझ जनबादी गायकहरूका गीतहरूले जति आम मानिसहरूका मन मस्तिष्कलाइ छुन्थ्याे, त्यति नै शासन सत्ताका ठेकेदारहरूकाे मनमा डर श्रृजना गर्थ्याे शायद। र त उनिहरू जनताका गीत गाउने जेबी टुहुरे जस्ता गायकहरूलाइ पटक्कै मन पराउदैन थिए। फलतः उनिहरू शासकहरूकाे ताराे बनिरहन्थे। उनिहरूलाइ हतकडी लगाइन्थ्याे र उनिहरूकाे आवाज बन्द गर्ने प्रयत्न गरिन्थ्याे। तर पनि जेबी दाइहरू अंधेराेमा अनि  झिसमिसेमहरूमा लुकिलुकि गाउँ र बस्तीहरूमा छिर्दै, झुपडी र छाप्राहरूमा पुग्दै उनिहरूका अधिकारका लागि लड्न उत्प्रेरित गरिरहन्थे । देशका लागि लड्न जागृत गरिरहन्थे। 

छाेराहरू हाे छाेरीहरू हाे बीर छाेराछाेरी हाे 

आमाले साथ माग्दछिन माटाेले रगत माग्दछ 

शान्तिका सन्तान हामी हाै युद्धले ब्युझ भन्दछ 

झगडा हामी चाहन्नाै इतिहास हाम्राे यही भन्छ

टेकेकाे फेरी सहन्नाै शहिदकाे रगतले यहि भन्छ। 


पहाडका खाेरियामा अन्न फलाउन नसकेर, थाेरै भएकाे बेंसी खेत पनि साहुकाे रिण तिर्न नसकेर साहुलाई बुझाउन बाध्य भएर, घरमा बढेकि छाेरीकाे इज्ज्त मुखियाकाे गिद्दे पंजाबाट जाेगाउन बाध्य भएर नयाँ जीवनकाे खाेजीमा बसाई हिड्ने सयाैं लाचार र निरिह मानिसहरूकाे कथा यसरी भन्थे जेबी दाइ 

बसाइ हिड्नेकाे ताँतीले बस्नेकाे मन रूवाउछ

लाखाैकाे लागि उजाड छ याे देश मुठ्ठीभरलाइ त स्वर्ग छ। 


दुखैः दुखःकाे पहाडले थिचिएका, गरिबीका सयाै निलडामहरू आँङभरि बाेकेर हिडिरहेका, भाेकले खंगारिएर अेाठहरू कलेटी परेका, न्यानाे घामकाे खाेजीमा शरीर कठ्यांग्रिरहेका अनि  न्यायकाे खाेजीमा क्षितिज तिर टाेल्हाइरहेका मानिसहरूलाई आशाकाे उज्यालाे देखाउदै जेबी दाइ यसरी सम्झाउथेः  

चाैंरी चर्ने ठाँउमा हिउँ झर्ने गाउँमा 

रातै रातै गुराँस फुलेछ 

कति राम्राे चिमाल सेतै फुलेछ 

बिहानीकाे कलिलाे घाम यतै झुलेछ  

…………………………………………………………………………………………………


जेबी दाइ, सुन्दरपुर साँस्कृतिक समूह र म

जेबी टुहुरे एउटा इतिहास हुनुहुन्थ्याे समय चेतनाकाे, बिद्राेहकाे अनि प्रगतिशिल जागरणकाे। संयाेगले नै भनाै, हामी सुन्दरपुरे जनपक्षिय कलाकारहरूले पनि जेबी टुहुरे दाईसँग  वहाँकाे गीत संगीत यात्राकाे एउटा कालखण्डमा थाेरै भएपनि सहयात्रीकाे रूपमा संगसंगै सहयात्रा गर्ने अवसर पाएका थियाै । तिनताक जनसाँस्कृतिक अभियानमा सुन्दरपुर साँस्कृतिक समूहकाे एउटा महत्वपूर्ण स्थान थियाे। उत्तरी माेरङकाे सुन्दरपुर जनपक्षिय कलाकारहरूकाे उर्बर भुमि मानिन्थ्याे। भर्खरै पंचायत ढलेकाे थियाे र देशमा प्रजातन्त्र पुनर्थापना भएकाे थियाे। राजा संबैधानिक दायरामा बाँधिन बाध्य बनाइए र राजनितिक दलहरू माथिकाे प्रतिवन्ध फुकुवा भएपछि बहुदलिय ब्यवस्थाकाे पुनर्प्रादुर्भाव भयाे नेपालमा। जनतामा नयाँ उत्साह थियाे। युग परिवर्तनकाे संघारमा मानिसहरू उद्वेलित थिए। देश नयाँ युगमा प्रबेश गरेकाे थियाे। नयाँ संबिधान अनुसार देशमा बहुदलिय प्रतिस्पर्धाका माध्यमबाट संसद र नयाँ सरकारका लागि निर्वाचन  हुने भयाे। याे २०४७ सालकाे कुरा थियाे। संसदिय चुनावकाे माहाैलमा हाेमिएपछि जनकलाकार र गायकहरूकाे काम नआउने कुरै भएन। जेबी दाइहरू पनि राष्ट्रिय जनसाँस्कृतिक मञ्चकाे ब्यानर बाेकेर कम्युनिष्ट पार्टीलाइ जिताउन पूर्ण जाँगर र जाेसका साथ मैदानमा जुट्नु भयाे। म पनि सुन्दरपुर साँस्कृतिक समूहकाे एउटा कलाकार थिए। हामी थुप्रै थियाै कलाकारहरू, नृत्यकारहरू, बाद्यबादकहरू सुन्दरपुरकाे भूमिमा हुर्किएका जस्ले सुन्दरपुर साँस्कृतिक समूहका माध्यमबाट एउटा पहिचान नै बनाइसकेका थियाैं । र चुनावकाे माहाैलमा हामीलाई पनि खटाइयाे। अनि धेरै चुनावी सभाहरूमा जेबी दाइसँग पटक पटक भेट भयाे हाम्राे, सहकार्य भयाे। र सबैभन्दा ठुलाे कुरा, धेरै कुराहरू सिक्ने अवसर पाइयाे। म कंगाे बजाउथे । मादल पनि बजाउथे। जेबी दाइका लागि धेरै पटक स्टेजमा कंगाे वा मादल बजाएकाे याद छ मलाई। दाइ पहिला गीत गाउन थाल्नु हुन्थ्याे अनि म मादलकाे ताल मिलाउथे वहाँकाे गीतमा। किन भने चुनावी सभाका साँस्कृतिक कार्यक्रमहरू प्रायः यस्तै हुन्थे। कम तयारी र दिनरातकाे दाैडधुप। तर रमाइलाे हुन्थ्याे। हामी खुव रमाउथ्याै यस्ता कार्यक्रमहरूमा। कहिलेकाँही त महिना दिनसम्म पनि हामी निर्वाचन क्षेत्र मै खटिएका हुन्थ्याै। घर फर्किदा बिरानाे ठाउँमा आए जस्ताे महसुस हुन्थ्याे। त्यसबेला खास खास निर्वाचन क्षेत्रमा हामीलाई खटाइएकाे हुन्थ्याे, बिशेष गरी चुनाबी सभाहरूमा मानिसहरू बढि भन्दा बढि भेला हुन भन्ने चाहना स्वरूप कलाकारहरूकाे प्रस्तुतिहरूलाई प्राथमिकताका साथ प्रचारप्रसार गरिन्थ्याे। त्यस्ता सभाहरूमा ब्यंगात्मक र बिराेधीलाई हाेच्याउने र खुइल्याउने खालका प्याराेडीहरूकाे खुव माग हुन्थ्याे, संगसंगै जेबी दाइका गीति प्रस्तुतिहरू झनै आकर्षणका केन्द्र बन्थे। आजकल त चुनाबी सभाहरूमा मुजराहरू चल्न थालेका छन, प्राेफेसनल कलाकारहरूलाई निम्त्याएर डिजेका साथ चुनाबी कन्सर्टहरू आयाेजना गरिन्छन आजकल। उति बेला स्वयमसेवा गर्थ्याै हामी । बस् रूखा सुखा खान र सुत्न पाइयाे भने दिल खुस। महिनाै खटिरहदा पनि हामी आनन्दित भैरहन्थ्याै। 


एकदिन, केही बर्ष पछि, काठमाण्डुकाे पुतलीसडककाे गल्लीमा जेबी दाइसँग मेराे अचानक भेट भयाे। शायद २०५४ साल तिर हुनुपर्छ। एकछिन भलाकुसारीका क्रममा दाइले मलाइ साेध्नु भयाेः 

⁻के गर्छाै यहाँ? 

⁻पढ्दै छु दाइ 

⁻ए, ए। कतिमा कहाँ पढ्छाै? 

⁻मास्टर्स पढ्दैछु दाइ, टियु किर्तिपुरमा ।

जेबी दाइ एकछिन अलमल जस्ताे पर्नु भयाे । शायद वहाँले वहाँसँगै बाजा बजाएर नाँचेर हिड्ने केटाे यसरी पढ्ला भन्ने  अपेक्षा गर्नु भएकाे थिएन। 

दाइले फेरी साेध्नु भयाेः

                         ⁻ए, अनि कुन बिषयमा मास्टर्स गर्दैछाै? 

⁻अंग्रेजी बिषयमा दाई। 

यति सुनि सके पछि दाइ बिश्वस्त हुनु भएछ क्यारे, सारै खुसी ब्यक्त गर्नु भयाे मेरा बारेमा। वहाँकाे बुझाईमा कलाकारहरू यसरी पढेर अगाडि बढ्नु धेरै नै ठुलाे उपलब्धी हाे भन्ने रहेछ। मलाइ थपथपाउनु भयाे। प्रगतिकाे कामना गर्नु भयाे। म पनि फुरूक्क परे। त्यस पछि धेरै कम भेट भयाे दाइसँग। शायद जीन्दगीकाे भिडमा हामी सबै हरायाैं। त्यसपछि त जेबी दाइका गीति एल्बमहरू आए, लाइभ कन्सर्ट, एकल साँझ जस्ता कार्यक्रमहरू आयाेजना गरिए। म पत्रपत्रिकाहरूमा वहाँका खबरहरू पढ्थें र आफैसँग खुसी साट्थें। 


सपनाहरू उपहार देशलाई

जेबी दाइ सादगीकाे पर्याय हुनुहुन्थ्याे र इमान्दार पनि । प्रजातन्त्र, समानता र न्यायका निम्ति उठेका सांगीतिक आवाजहरूले एउटा अभिभारा पुरा गरेका थिएः अर्थात देशमा प्रजातन्त्र स्थापना भएकाे थियाे। दाइकाे पनि एउटा सपना पुरा भएकाे थियाे। तर मानिसहरुकाे जीवनमा आधारभुत परिवर्तन आउन सकेकाे थिएन। प्रजातन्त्र त एउटा साधन हाे, साध्य त समृद्धि हाे भन्ने भन्ने बुझेर नेतृत्वलाई झकझकाउने अभिभारा बाँकी नै थियाे। तर देखेका सबै सपनाहरू पुरा भएनन्। देश राजनितिक नेतृत्वकाे गैरजिम्मेवारी र लाेभीपापीहरूकाे पंजामा फस्दै गयाे। जे सपना बाेकेर प्रगतिशिल गीतसंगीतकाे अभियानमा जाेडिनु भयाे ति सपनाहरूले मुर्तरूप नपाउदा दाइमा पनि पिडा बाेध भयाे हाेला भन्ने वहाँका कतिपय अन्तरवार्ताहरू सुन्दा हेर्दा अनुभुति गर्न सकिन्छ। 

 यस बिचमा देशले धेरै उतारचढावंहरू भाेग्याे। प्रजातन्त्रकालले देश र जनताकाे अपेक्षा पुरा गर्न सकेन। मानिसहरूमा नयाँ आकाक्षाहरू जन्मे, फलतः मा‌ओबादी सशस्त्र यूद्धकाे बिजाराेपण भयाे । देश द्वन्दकाे दलदलमा भासियाे। १० बर्षे जनयूद्धकालमा धेरै नयाँ र क्रान्तिकारी जनगायकहरू उदाए । तर जेबी दाइले  निर्माण गरेकाे इतिहासकाे जग ढलेन। त्यही जगमा उभिएर अरु धेरै जनबादी गायक कलाकारहरु जन्मे। तर वहाँका सपनाहरू पुरा गर्ने अभिभारा अझै बाँकी नै छ। नेपाली जनताका समृद्धि र परिवर्तनका चाहनाहरू बाँकी नै छन्। जेबी दाइ ति सपनाहरू देशलाई उपहार स्वरुप छाेडेर जानु भएकाेछ । मैले अभिनय र निर्देशन गरेकाे  माेदनाथ प्रश्रितद्वारा रचित नाटक सपनाहरू उपहार देशलाईबाट याे हरफ सापटी लिदै जनगायक जेबी टुहुरे दाइ प्रति हार्दिक श्रद्धासुमन ब्यक्त गर्दछु। 

वहाँले छाेडेका पदचापहरु सदैब नेपाली माटाेमा जिवित रहिरहुन् । वहाँले छाेडेका आदर्शका बिम्वहरु सर्वथा नेपाली मुटुहरुमा बाँचिरहुन्। अलबिदा जेबी दाइ। 


राम दाहाल 

सुन्दरपुर 

(हाल इटहरी)



Friday, June 18, 2021

Seasons of Reminiscences

 Memoirs of My Childhood - 1


Those were the days of my childhood life. I remember quite vividly the days when we would wander in the riversides and forest corridor without any dream of life. Born in a lower-middle-class peasant family I had never dared to dream big, but the petty dreams would make my heart leap and jump. I would scream with joy with my friends when I saw the airplane flying high above our heads.  I would celebrate the moments with my friends when we found any ripe fruits or bird nests.  I would go to school but it was never my priority. In our family, work was more important than school. I  would look after the cows and buffalos in the nearby fields or the river beaches. Looking after the cattle was my extreme duty mainly on holidays. Going to school was not as compulsory as working in the field. So if there was any work in the field like seedling, planting, or harvesting the crops, we would skip school. Sometimes, I would enjoy looking after the cattle herd rather than attending school. The school was never a favorable place for me rather. I didn’t find any fascination towards school then. In fact, it was like a jail where the students were crammed into narrow and dark classrooms and were treated like goats and oxen. None of the students was capable enough to ask questions to the teachers.  I would cherish the solitary walk chasing butterflies and swimming in the local pool in the meandering river. Till grade 8, I had no feeling of responsibility to be a student. I was a very average student. No teacher would recognize me personally. I was one in the crowd of nearly 100 students in a class. In fact, I was a shy boy with a sissy look. No confidence had germinated in me. Unlike very few fellow friends and classmates, the majority of us used to love playing outside school, and for that purpose bunking school was a must. 

The biggest dream I had at that age was to run fast and touch the ball in the school ground because we were always deprived of touching the ball. I, along with a few of my friends, was very intimidated and downtrodden at school and on the way home. We were humiliated and insulted quite often. Hence we would always be onlookers in any school activities and programs. In fact, we were the victims of bullying but none could complain to the school authority about it. Our voices were not heard. Most often we were discouraged so much that we would never dream of approaching teachers and the seniors.  In such a low situation, I along with my few friends would slither stealthily through the classroom’s half-broken window and disappear into the hedges behind the school building. Behind the hedges, there was a garden of a Tharu old man. In the garden, there were mango groves, coconut trees, jack fruit plants, and the most fascinating was a tree bearing small round balls of fruits with a sheer sour taste. It was called ‘Karuna’ and was a strange fruit to us. We would aim at that fruit in its season. The old man, the owner of the garden, was not that able to look after his garden with shrewd eyes. He would most often be found in his small bamboo hut lying on a typical rope bed made of jute and woven like a net.. Sometimes he was in his deep slumbering sleep. We would take a good chance, trespass his garden and pick up those strange fruits filling our shorts’ pockets and jump over the fence into the next field. 


No school anxiety would overcome our minds. I remember quite vividly now how carefree we were those days. In the mango season, our first dream used to be the mangoes, ripe or raw, in the same garden. Nostalgia is so penetrating now. The bygone days leave a morose feeling in my heart. Picking the raw mangoes full of our pockets, we would sit under a grove on a sweltering day and eat with salt and chilly. On a particular day, we were cheering up silently among friends. Suddenly the old man coughed hard, breathed deep with a whizzing sound, and struggled to stagger from his bed that very day. We peeped through the grown-up paddy plants. His cough soared high and didn’t settle for a few minutes.  The following day, we schoolchildren were going back home from the same country road, and we saw a procession of a few tharu folks carrying a dead body on their shoulders. We didn’t give much notice. Our mind was aiming at the mangoes in the old man's garden. We approached the garden but the old man was missing from there. The net bed was empty. We didn’t hear his cough, nor his breath. A dreaded silence loomed across the lonely garden. My friends’ eyes were wide and startled. I don’t know why but that day we didn’t stay there any longer. I remembered my mother. Our legs were not pacing but striding to get home as early as possible.

Since then we didn’t feel as free to go to that garden as before. Whenever we went there, we would get scared for unknown reasons. The silence and aerie sound would always put us into fear. These days, whenever I come across this spot, my reminiscences become strong and sharp. Nostalgia takes me back to those days, to my old days, to my days of innocence.